July 31, 2026, Friday
२०८३ श्रावण १५
Nepal 1:37:26 pm
Trending
जन आवाज

वनस्थलीमा रास्वपा सचिवालय बैठक, समानुपातिक सांसद् सिफारिस मुख्य एजेन्डा

२०८२ चैत्र १

250

काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण  भर्चुअल तरिकाबाट जोडिएका छन् ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ।

समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।