July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुन–चाँदी दुबैको मूल्य घट्यो, बजारमा तोलामा ठूलो गिरावट

२०८२ चैत्र १

295

काठमाडौं, १ चैत । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ । यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।