October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात, किसान खुसी

२०८२ चैत्र २

380

बाजुरा : बाजुरास्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ। गत माघ दोस्रो साता पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो।

वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। जिल्लाका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ। हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित बनेका छन्।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने बताए।

 

भर्खरै