July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

महासङ्घले तोक्यो नयाँ भाउ : सुन बढ्यो, चाँदी पनि उकालो

२०८२ चैत्र २

280

काठमाडौं, २ चैत । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार यस्तो देखिएको हो ।

सोमबारका लागि सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।