October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

काठमाडौंमा मिटरब्याज पीडितको प्रदर्शन, सरकारसँग कडा कारबाहीको माग

२०८२ चैत्र २

370

काठमाडौं,२ चैत । मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।

काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल परिसरमा नियन्त्रणमा लिइएको छ ।

लाखौ रुपैयाँ ठगी गर्ने उनीहरूलाई कडा कारबाही गर्न आफूहरू सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताइन् । पीडकहरूले आफूहरूमाथि ठूलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने माग उनको छ ।

‘हामी यस्ता कुख्यात मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरूलाई समाजवाद तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौं,’ उनले भनिन्, ‘हामी यहाँ ५ सय जना भन्दा बढी पीडित छौं । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौं ।’

त्यसैगरी उनीहरूले पीडकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताइन् ।

उनले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

‘एक लाख भन्दा बढि मानिस चाहीँ मिटरब्याज पीडित, भूमिहिन र अनुचित लेनदेन पर्नुभएको छ । हामी यहाँ मिटरब्याज पीडितले उनीहरूविरुद्ध उजुरी दिएका थियौं । ठगहरूलाई नियन्त्रणमा लिने काम गरेकोमा नेपाल सरकार, नेपाल प्रहरी, जिल्ला अदालत काठमाडौंलगायतलाई हामी धन्यवाद समेत दिन चाहन्छौं,’ उनले भनिन् ।

केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरूले आफूहरूको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।

भर्खरै