July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

हिउँदे वर्षासँगै परेको असिनाले गुल्मीमा खेती नष्ट

२०८२ चैत्र २

305

गुल्मी, २ चैत । असिना-पानीले गुल्मीका किसानले लगाएको खेतीपातीमा क्षति पुगेको छ । पछिल्ला केही दिनयता हिउँदे वर्षासँगै परेको असिनाले तरकारी, फलफूल तथा विभिन्न नगदे बालीमा असर पारेको छ ।

हिउँदे बाली पाक्ने बेला परेको असिना पानीबाट गहुँ, तोरी, तरकारी, फलफूलका बोटमा ठुलो क्षति पुगेको किसानहरूको गुनासो छ ।

यद्यपि हिउँदे समयमा बाँझो रहन गएको जमिनका लागि भने यस पटकको पानीले राहत पुर्‍याएको छ । बाँझो र सिँचाइ नपुगेको जमिनमा मकै छर्ने बेला परेको पानीले माटोमा पर्याप्त चिस्यान पुगेको किसानहरूले बताएका छन् ।