July 31, 2026, Friday
२०८३ श्रावण १५
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीको गेटामा जंगल भित्र एक पुरुषको शव फेला

२०८२ चैत्र ४

330

धनगढी : कैलालीको एक जंगल भित्र पुरुषको शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा सामुदायिक वन भित्र परिचय नखुलेको ३८ वर्षीय पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले मङ्गलवार दिउँसो पुरुषको शव जंगलमा फेला परेको बताएको छ। पुरुषको माथिल्लो शरीरमा लुगा छैन। तलको शरीरमा हाप कट्टु लगाएको छ। प्रहरीले घटनास्थलको अनुसन्धान गरेको छ। घटनाका विषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीको टोली खटिएको प्रहरीले बताएको छ।