July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

ससुरा भेट्न गएकी महिला ८ दिनदेखि सम्पर्क विहीन

२०८२ चैत्र ५

220

धनगढी : कैलालीमा ससुरा भेट्न गएकी एक महिला आठ दिनदेखि सम्पर्क विहीन भएकी छन्। जिल्लाको घोडाघोडी नगरपालिका–८ लठुवा (गुरुङ) टोलकी इन्दिरा थापा आठ दिनदेखि सम्पर्क विहीन भएकी हुन।

पहाडबाट ससुरा आएका भन्दै उनी गत फागुन २८ गते बौनिया जाने भन्दै घरबाट हिँडेकी हुन्। तर, बौनिया नगएकी उनी आठ दिनदेखि सम्पर्कमा नआएकी उनका श्रीमान जनक थापाले बताए। जनक थापा रोजगारीको शीलशीलामा भारतमा रहेका थिए। श्रीमती सम्पर्क विहीन भएपछि उनी घर फर्किएका छन्। दुइ छोरा र एक छोरीकी आमा सम्पर्क विहीन भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय, सुखडमा निवेदन दर्ता गरिएको छ। तर, ३४ वर्षीया इन्दिरा सम्पर्कमा आएकी छैनन।

उनका श्रीमानले खोजीमा सहयोगका लागि ९७४३५०१८९३, ९८४२२३३६६८ नम्बरमा सम्पर्क गर्न भनेका छन्।