July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ, गृहमन्त्री गुरुङ भन्छन्– कानुनभन्दा माथि कोही छैन

२०८२ चैत्र १४

335

काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा ‘आयो गोर्खाली’ भनेर लेखेका छन्।

शनिबार बिहान दुई नेतालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।

अर्को एक पोस्टमा उनले लेखेका छन् -‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। ‘