July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालत उपस्थित गराइयो

२०८२ चैत्र १५

340

काठमाडौँ : पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ।

शनिवार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो। न्यायाधीश आनन्द श्रेष्ठकहाँ म्याद थपको पेसी रहेको छ। यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो।

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवास भक्तपुर कटुन्जेबाट पक्राउ गरेको थियो। आयोगले उनीहरूलाई लापर्बाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जको हिरासतमा राखिएको छ।