काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन् ।
आइतबार शाक्यले ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको जिकीर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको र दर्ता हुँदै सोमबार पेसी तोकिएको छ। शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
उनीमाथि २३ र २४ भदौमा भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको हो । पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उनलाई भर्चुअल माध्यमबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ । उनलाई १० दिन हिरासतमा सरकारी वकिलले माग गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरेका छन् ।








