October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

२०८२ चैत्र १९

520

धनगढी : कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ५ का यज्ञ बुढामगरको करेन्ट लागेर मृत्यु भएको हो।

नेपाल प्रहरीका अनुसार उनको बुधवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ चौकीस्थित मछेली खोलामा केन्ट लगायर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका बुढामगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

भर्खरै