June 5, 2026, Friday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
Trending
जन आवाज

बाख्रा आनुवंशिक श्रोत केन्द्र बुढीतोलाले मनायो ४२ औँ फार्म दिवस

२०८२ चैत्र २१

155

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा रहेको बाख्रा आनुवंशिक श्रोत केन्द्रले ४२ औँ फार्म दिवस मनाएको छ। संघीय सरकारको मातहतमा रहेको केन्द्रले प्रत्येक वर्षको चैत २० गते फार्म दिवस मनाउदै आएको हो।

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीको प्रमुख आतिथ्ययतामा दिवस मनाइएको हो। चुरे गाउँपालिकाका अध्यक्ष बोगटीले चुरे क्षेत्र बाख्रा पालनका लागि अति उत्तम क्षेत्र रहेको बताए। तर, उनले पछिल्ला वर्षहरूमा बाख्रा पालन गर्ने किसानको सङ्ख्या कम हुँदै गएको भन्दै दुःख व्यक्ति गर्नु भएको छ। चुरे क्षेत्रका किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्दै आएका भएपनि विदेश मोहका कारण बाख्रा पालन गर्ने किसानको संख्यासमेत काम भएको उनले बताए। उनले भने, ‘विदेश जान थाले, जागीरका लागि लुछाचुँडी गर्न थाल्यौ। बाख्रा फर्म र कृषिबाट चुरेमा राम्रो आम्दानी छ। तर, किसानहरू विदेश जान थाले, दुःखको विषय हो।’

कैलालीको चुरे क्षेत्र बाख्रा पालनका लागि उचित हावा–पानी भएको क्षेत्र रहेको बाख्रा आनुवंशिक श्रोत केन्द्र, कैलालीका अध्यक्ष पशुपति नाथले बताए। उनले बाख्रा विकासका विभिन्न कार्यक्रम ल्याउने बताए। केन्द्रमा हाल पाँच सय २४ वटा बाख्रा रहेका छन। खरी जातका तीन सय ७३, बयर जातका ७३ र बयर क्रस ७८ बाख्रा रहेका छन। केन्द्र प्रमुख नाथले चालु आर्थिक वर्षमा बाख्रा बिक्रीबाट १४ लाख १५ हजार राजस्व सङ्कलन गरिएको बताए। गत आर्थिक वर्षमा तीन सय बाख्राका पाठा–पाठी बिक्रीबाट २५ लाख राजस्व सङ्कलन गरिएको उनले बताए।

कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, डोटीको जोरायल र बडीकेदार गाउँपालिका क्षेत्रका किसान तथा जनप्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो। केन्द्रले उन्नत जातका बाख्राका पाठा–पाठीहरू सरकारी दररेटमा बिक्री वितरण गर्दै आएको छ।