July 26, 2026, Sunday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

सामाखुसीबाट सानुभाइ पक्राउ, १८ जना प्रहरी नियन्त्रणमा

२०८२ चैत्र २२

290

काठमाडौं, २२ चैत । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ । शुक्रवार राति प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ गरेर छुटेका थिए ।

सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।  ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ  पटक पक्राउ परेका हुन् । अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।

२०७२ मा नुवाकोटमा हतियार सहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमा भेटिएका थिए । २०७२ पुसमा प्रहरीले उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरेको थियो ।