September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending
जन आवाज

नेपालमा दुई दिन सार्वजनिक बिदा लागू, कार्यालय समय पनि परिवर्तन

२०८२ चैत्र २२

305

काठमाडौं, २२ चैत । मन्त्रिपरिषद्को दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित भएको हो।

सोमबारबाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म हुने निर्णय राजपत्रमा प्रकाशित भएको हो ।

तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने निर्णय गरिएको हो ।