October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीको मंगलपुरमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

२०८२ चैत्र २३

465

धनगढी : कैलालीको मंगलपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ मंगलपुरमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५९२९ नम्बरको स्कुटर आइतवार राति दुर्घटना भएको हो।

स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्बर ८ आमखैयाका २३ वर्षीय रोशन चौधरीको मृत्यु भएको छ। नेपाल प्रहरीले दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताएको छ। दुर्घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

भर्खरै