May 1, 2026, Friday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

प्रतिनिधिसभा बैठकमा तीन महत्वपूर्ण विधेयक पेश हुने

२०८२ चैत्र २४

145

काठमाडौं, २४ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु छन् ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।