October 25, 2026, Sunday
२०८३ कार्तिक ९
Nepal 1:37:26 pm
Trending
जन आवाज

जीप दुर्घटनाका ३ जना घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो

२०८२ चैत्र २४

415

अछाम : अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकाको सिमानामा पर्ने लाड्छे खोलामा आज बिहान एउटा हाइस दुर्घटना भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

बिहान भएको उक्त दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो। जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिए पनि घाइतेहरूको अवस्था गम्भीर रहेको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत रिफर गरिएको छ।

घाइतेहरूको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। अहिले घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ।दुर्घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

भर्खरै