October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

कञ्चनपुर कारागारका कैदीबन्दीबिच झडपमा ५ जना घाइते

२०८२ चैत्र २५

435

महेन्द्रनगरः कञ्चनपुर कारागारमा बुधवार दिउँसो कैदीबन्दीहरूबिच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा दुवै पक्षका कैदीबन्दीहरू घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार घाइते हुनेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन्।

घाइतेहरू लागुऔषध तथा चोरी मुद्दामा संलग्न कैदीबन्दी भएको जनाइएको छ। उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार झडपमा संलग्न समूहबिच यसअघि पनि विवाद र झडप हुँदै आएको थियो।

 

भर्खरै