July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

टिचिङ अस्पतालको नयाँ कार्यसमय घोषणा, शनिबार–आइतबार बिदा

२०८२ चैत्र २६

270

काठमाडौं, २६ चैत । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार  आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।

सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले चैत २३ गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।