October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

कञ्चनपुरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८२ चैत्र २७

430

धनगढी : कञ्चनपुरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ कुमगडा स्थित भित्री कच्ची सडक खण्डमा भएको जिप दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने २४ वर्षीय अर्जुन साउदको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो। साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाईते ५ जनाको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेको प्रहरीले जनाएको छ।

बिहिवार साँझ पहरीया–कुमगडा सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई करिब ५०–६० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेको घटनास्थलमै मृत्यु भएको थियो।

 

भर्खरै