July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

तटस्थ भूमिकाका लागि रुबीकुमारीको पार्टीबाट राजीनामा

२०८२ चैत्र २८

255

काठमाडौं, २८ चैत । उपसभामुख निर्वाचित भए लगत्तै रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएकी छन् ।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ व्यक्तिको हैसियतले संविधान र कानूनले तोकेको जिम्मेवारी पुरा गर्न पार्टी छोडेको उल्लेख छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुख निर्वाचित भएकी हुन् । सदनमा उपस्थित २५६ मध्ये २२९ जनाले उनको पक्षमा मतदान गरेका थिए ।