April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

काठमाडौँ उपत्यकामा बस भाडा बढ्यो, नयाँ दर सार्वजनिक

२०८२ चैत्र २८

215

काठमाडौं, २८ चैत । बागमती प्रदेश सरकारले यस प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ ।
  • यस्तो छ काठमाडौँ उपत्यकाको भाडादरः
उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ ।
  • ० देखि ५ किलोमिटरसम्म: २४ रुपैयाँ
  • ० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ
  • ० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ
  • ० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ
  • २० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९-०१-०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।