April 30, 2026, Thursday
२०८३ बैशाख १७
Nepal 1:37:26 pm
Trending
जन आवाज

ज्वालामुखी गाउँपालिकालाई ‘नमूना सफा’ घोषणा गर्न सभामुख धादिङमा

२०८२ चैत्र २९

230

काठमाडौं, २९ चैत । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन् ।

अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

अर्याल आफ्नै पालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्न गृहजिल्ला जान लागेका हुन् ।

आज बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिँदैछ । सभामुख अर्यालकै प्रमुख आतिथ्यतामा यो कार्यक्रम हुन लागेको हो । उनले नै घोषणा गर्ने कार्यक्रम रहेकोछ ।