July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

संसदीय अनुभव साटासाट: सभामुख अर्याल र पूर्वसभामुखबीच भेट

२०८२ चैत्र ३०

225

काठमाडौं,३० चैत । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।