October 27, 2026, Tuesday
२०८३ कार्तिक ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

१५ सदस्यीय सुनुवाइ समिति पूर्ण, राष्ट्रिय सभाबाट ३ सदस्य थपिए

२०८२ चैत्र ३०

430

काठमाडौं, ३० चैत । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन भएका छन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ सदस्य रहने व्यवस्था छ । यसअनुसार गत शुक्रबार नै प्रतिनिधिसभाले यो समितिमा १२ जना सदस्य मनोनयन गरिसकेको छ ।

बाँकी ३ सदस्य राष्ट्रिय सभाबाट मनोनयन भएका हुन् । जसमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र नेकपा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् ।

प्रतिनिधिसभाबाट सुनुवाइ समितिमा रहेका १२ जना मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कवीन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, बोध नारायण श्रेष्ठ, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री र डा. लेखजंग कार्की रहेका छन् ।

कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे, नेकपा एमालेबाट पद्माकुमारी अर्याल र नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन सदस्य रहेका छन् ।

भर्खरै