April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

युवापुस्ताको समर्थनबाट उदाएका बालेन्द्र शाह विश्व सूचीमा

२०८३ बैशाख ३

170

काठमाडौं, ३ वैशाख । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह  अमेरिकाको  प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । सन् २0२६ को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प,देखि चीनका राष्ट्रपति सी चीनफिङसम्म पनि परेका छन् । नेताहरूको सूचीमा विश्वभरका  २५ जना परेका छन् । ३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनको विजयपछि नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए। उनको ऐतिहासिक जित विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ । टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेल ले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्‍याएको उल्लेख गरिएको छ। राजनीतिमा आउनुअघि हिप–हप कलाकारका रूपमा परिचित शाहले काठमाडौ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेका थिए। उनको यही कार्यशैलीले उनलाई राष्ट्रियस्तरमा लोकप्रिय बनाएको उल्लेख छ । शाह आफ्नो कडा र स्पष्ट अभिव्यक्तिका कारण पनि चर्चित छन्। उनले भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन्। संगीत पृष्ठभूमिका कारण पनि शाह युवामाझ विशेष प्रभाव राख्छन् भनिएको छ । यद्यपि, स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्‍याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच शाहको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको उल्लेख छ ।