September 24, 2026, Thursday
२०८३ आश्विन ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

२०८३ बैशाख ४

310

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट चोरी गरी नेपाल ल्याइएको हिरा तथा सुनसहितका बहुमूल्य सामग्री प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बनहरा क्षेत्रबाट उक्त सामग्री आज बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको सामग्रीमा हिरा र सुनसहितका विभिन्न बहुमूल्य सामान रहेका छन्। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान तथा संलग्नता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।