April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

सानेपामा कांग्रेसको बैठक, प्रदेश नेतृत्वसँग संवाद

२०८३ बैशाख ६

165

काठमाडौं, ६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ ।

छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।