April 30, 2026, Thursday
२०८३ बैशाख १७
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

२०८३ बैशाख १७

115

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न अपराधमा संलग्न ७९ जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ माघ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा ३४ जनामाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो अवधिमा कुल २२ वटा मुद्दा दर्ता भएका छन्। जसमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी ११ वटा मुद्दा रहेका छन् भने अभद्र व्यवहारका ५, चोरीका २, कर्तव्य ज्यान, बहुविवाह, ज्यान मार्ने उद्योग र अपराधिक लाभका १र१ वटा मुद्दा रहेका छन्।
अभियानका क्रममा लागूऔषध कारोबारमा संलग्न १८ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७३.३८ ग्राम खैरो हिरोइन, ३१.१० ग्राम चरेश र २१ थान बुप्रेनोर्फिन इन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, अभद्र व्यवहारमा ७, कर्तव्य ज्यानमा ३, बहुविवाहमा २, चोरीमा २, ज्यान मार्ने उद्योगमा १ र अपराधिक लाभसम्बन्धी १ जनालाई पक्राउ गरिएको छ।
अभियानकै क्रममा अदालतबाट फैसला भई फरार रहेका ५ जनालाई समेत पक्राउ गरिएको छ। उनीहरूबाट १३ वर्ष ११ महिना ११ दिन कैद सजाय र ३ लाख १३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले ४५ जनालाई सोधपुछपछि अभिभावक तथा जिम्मेवार व्यक्तिको जिम्मा लगाएको छ। तीमध्ये रातको समयमा हिँडडुल गर्ने २२, झै–झगडामा संलग्न १९, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ तथा लागूऔषध प्रयोगकर्तामध्ये २ जनालाई सुधारगृह पठाइएको छ।
प्रहरीले यस्ता अपरेशनलाई निरन्तरता दिँदै समाजमा शान्ति सुरक्षा कायम राख्ने जनाएको छ।