July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी

२०८३ बैशाख २५

235

धनगढी : निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी सर्व सहमतिमा चयन भएका छन्। उनीसँगै भूगोल सदस्यहरूसमेत सहमतिमा चयन भएका छन्। तर,महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन थालिएको छ।

महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार किरण रावलबिच प्रतिस्पर्धा हुँदैछ। खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त र भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। जोशीले सहमतिका आधारमा सदस्यहरू चयन गर्न नसकिएको बताए। जोशीले भने, ‘सहमतिका लागि प्रयासहरू गरेको हो। तर, उहाँहरुलाई मनाउन सकिएन। प्रजातान्त्रिक अभ्यासमा जाने भन्नु भयो। महासचिव र सदस्य पदका लागि निर्वाचन सुरु भएको छ।’

जोशीले निर्माण व्यवसायीहरूको हकमा काम गर्ने बताएका छन्। मूल्य वृद्धिका कारण व्यवसायीहरू संकटमा रहेकाले जिल्ला प्रशासन तथा विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गवर्ने उनले बताए। उनले भने, ‘सुरुमा मूल्य वृद्धिको विरोधमा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउछौ। पछि केन्द्रको कार्यक्रम अनुसार अगाडि बढ्छौ। आन्दोलनका कार्यक्रमहरू गर्ने छौ।’

निर्माण व्यवसायी सङ्घ कैलालीको १२औँ अधिवेशन जारी रहेको हो।