July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

कञ्चनपुरमा बाघको आक्रमणबाट वन हेरालु घाइते

२०८३ जेष्ठ ४

330

महेन्द्रनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन् ।
जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएका बताए। “घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ”, उनले भने, “वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।”
वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।