June 5, 2026, Friday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
Trending
जन आवाज

परराष्ट्रमन्त्री आज भारत जाँदै

२०८३ जेष्ठ २२

65

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रवारदेखि भारतको औपचारिक भ्रमण गर्ने भएका छन । आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन। परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रवारदेखि सुरु भई आइतवार टुङ्गिने जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा। जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने छन। व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन् ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किनुहुने मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबिच परराष्ट्रमन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासमा दृढ प्रतिबद्धतासाथ अघि बढिरहेको बताए। नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले ती आकाङ्क्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा सबै सरोकारवाला निकायबिच प्रभावकारी सहकार्य आवश्यक रहेको बता

सरकारले परम्परागत कार्यशैलीभन्दा बाहिर निस्केर परिणाममुखी र दिगो विकासलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे। अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्दै राष्ट्रिय हित प्रवर्धन गर्ने नीति सरकारले लिएको पनि उनले स्पष्ट पारे।

क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरू प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बलियो बनाउनु नै विकास र सामाजिक सङ्घसंस्थाका कामलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो । दिगो शान्ति, विकास र समृद्धिका लक्ष्य हासिल गर्न सबै पक्षले साझा प्रयास गर्नुपर्ने उनले बताए।