June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिम प्रदेशमा एमालेले मन्त्री फेर्ने

२०८३ जेष्ठ २४

65

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री परिवर्तन गर्ने भएको छ । कांग्रेसले मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमालेले पनि नयाँ सांसदलाई सरकार पठाउने भएको हो ।
एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएको छ ।
अहिले एमालेबाट सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की रहेका छन् । अब उनीहरूलाई फिर्ता हुनेछन् ।
एमालेले नयाँ मन्त्री बनाउने सांसदको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाइसकेको छ । शाहले भोलिसम्म सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।
सन्तोश शर्मा थापालाई भौतिक पूर्वाधार, चक्र बहादुर मल्ललाई आन्तरिक मामिला, दमन भण्डारीलाई भूमि व्यवस्था र जानकी बम ऐर भौतिक पूर्वाधर (राज्यमन्त्री) को जिम्मेवारी दिइने भएको हो ।
कांग्रेसको आन्तरिक विवादको जगमा प्रदेश सरकार पुर्नगठन हुन लागेको हो । संसदीय दलको नेताबाट शाहलाई हटाउन कांग्रेसका ९ सांसदले हस्ताक्षर गरेका थिए ।
डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको पद जोगिएको थियो । अहिले कांग्रेसको असन्तुष्ट पक्षलाई सरकारमा पठाउने समझदारीअनुसार मुख्यमन्त्री शाहले मन्त्री हेरफेर गर्ने भएका हुन् ।
एमाले र कांग्रेसको निर्णयपछि मुख्यमन्त्री बाहेक सुदूरपश्चिम सरकारमा सबै मन्त्री नयाँ हुनेछन् ।