June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending
जन आवाज

रास्वपा कैलालीको सभापतिमा ठकुल्ला

२०८३ जेष्ठ २५

105

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन्।

नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनावबाट ठकुल्ला तीन सय ३५ मतसहित सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्धन्द्धी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गरेका छन्। उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन्। पाँच जना प्रतिस्पर्धीलाई पराजीत गर्दै चौधरी एक सय ५२ मत ल्याएर विजयी भएका हुन्।
सचिवमा मदनराज जोशी विजयी भएका छन्। जोशी तीन जना प्रतिस्पर्धीलाई पराजीत गरि विजयी भएका हुन। सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन्। सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दिपक बिक, नरदिप बहादुर धामी विजयी भएका छन्। यस्तै, कैलाली—१ को निर्वाचन क्षेत्र सदस्यमा टंकप्रसाद जैशी ढुंगाना, २ को कृष्णबहादुर बिष्ट, ३ को बासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन्।
अध्यक्षका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक र मतदाता नामावलीमा धाँधली भएको भन्दै चुुनाव बहिष्कार गरेका थिए। दुवै जनाको बहिष्कारबीच रास्वपाले मतदान प्रक्रिया अघि बढाएको थियो। कुल पाँच सय ८ मतदाता रहेकोमा तीन सय ३५ मत खसेको थियो। चौधरी र रेग्मीले भने ५० मत पनि कटाउन सकेनन्।