September 25, 2026, Friday
२०८३ आश्विन ९
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीको लम्कीमा अचेत अवस्थामा पुरुष भेटिए

२०८३ असार १४

310

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ राजीपुरमा एक जना पुरुष अचेत अवस्थामा फेला परेका छन्। हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार अचेत अवस्थामा फेला परेका ती पुरुषको उद्धार गरी लालरत्न अस्पतालमा उपचार भइरहेको छ। उनी हाल बोल्न सक्ने अवस्थामा नरहेकाले परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त व्यक्तिलाई चिन्ने वा उनका आफन्तबारे जानकारी हुने जो–कोहीलाई तत्काल इलाका प्रहरी कार्यालय लम्कीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

थप जानकारीका लागि इलाका प्रहरी कार्यालय लम्कीको ०९१–५४०१९९ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।