गगन थापाको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गर्यो
काठमाडौं, ९ चैत। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।चुनावी पराजयको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका थिए। उक्त राजीनामाबारे केन्द्रीय कार्यसमिति बैठकमा दुई दिनसम्म छलफल भएको थियो। केन्द्रीय समितिमा धारणा राखेका सबैजसो केन्द्रीय सदस्यले सभापतिबाट थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने बताएका...