विश्व हिन्दू परिषद् नेपालको रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान
धनगढी- विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्। सामाजिक सेवा, मानवीय सहयोग र रक्त अभावका कारण हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार रक्तदान गर्ने ५० जनामध्ये १६ जना महिला र ३४ जना पुरुष रहेका छन्। कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने...