सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा २७ सांसद
धनगढीः सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रबाट २७ जना सांसद प्रतिनिधि सभामा पुगेका छन्। सुदूरपश्चिम प्रदेशले प्रत्यक्षबाट १६ र समानुपातिकबाट ११ जना सांसद पाएको हो। सूदूरपश्चिमबाट २०७९ मा भने १६ जना प्रत्यक्ष तथा चार जना सामानुपातिकसहित २० जना सांसद निर्वाचित भएका थिए। यो पटक १६ जना सांसद रास्वपाका मात्रै छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट ६,...