ईदले राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् : प्रदेश प्रमुख मियाँ
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। इद (इद उल फित्र) २०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, समृद्धि,...