इनिशा विक हत्या प्रकरण : दोषीलाई कारबाही गर्न दलित मुक्ति मोर्चाको सरकारसँग माग
काठमाडौं, १ चैत । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो । साथै मोर्चाले घटनामा...