सिंहदरबारमा राष्ट्रियसभा सदस्यहरूको शपथग्रहण सम्पन्न
काठमाडौं, २५ फागुन । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सोमबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । ५९...