हेलिकप्टर गस्ती र कडा निगरानीसहित निर्वाचन सम्पन्न गर्ने तयारी
काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह...