धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु
धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१, बुद्धमन्दिर क्षेत्रका ५६ वर्षीय पतिराम चौधरीलाई शुक्रबार राति छिमेकी महेश श्रेष्ठले ‘आफ्नो कुकुर मारिएको’ भन्दै घरमै बोलाएर लगेका थिए। प्रहरीका अनुसार श्रेष्ठको घरको सिँढीबाट खसेर चौधरी बेहोस अवस्थामा फेला परेका थिए।...