चलचित्र पत्रकार सङ्घ कैलालीको अध्यक्षमा विवेक
धनगढी : चलचित्र पत्रकार संघ, कैलालीको अध्यक्षमा विवेक नागरी चयन भएका छन। धनगढीमा सोमवार भएको दोस्रो अधिवेशनबाट विवेकको अध्यक्षतामा ११ सदस्य समिति चयन गरिएको हो। समितिको अध्यक्षमा विवेक नागरी, उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकुसिंह ठकुरी, सह–सचिवमा यज्ञराज अवस्थी, कोषाध्यक्षमा यमुना साउँद सर्वसम्मत चयन भएका छन्। यस्तै समितिको सदस्यमा रक्षा बागचन, कमल सावद, वीरेन्द्र सिङ, राज...