सरकारी अस्पतालको तीन सय मिटर भित्र निजी अस्पताल खोल्न नपाउने प्रावधान हटाइदै
धनगढीः सुदूरपश्चिम सरकारले प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ संशोधन गर्ने तयारी गरेको छ। निजी अस्पताल सञ्चालकलाई सहज हुने गरी प्रदेश सरकारले ऐनको महत्वपूर्ण प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव प्रदेशसभामा दर्ता गरेको हो। सामाजिक विकास मन्त्रालयले फागुन ११ गते प्रदेश सभामा दर्ता गरेको संशोधन मस्यौदामा ऐनको दफा २७ नै हटाउने प्रस्ताव गरिएको छ। उक्त दफामा...