बैतडीमा भीरबाट लडेर एकको मृत्यु
बैतडी : बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मङ्गलवार पाटन बजारबाट घर फर्किएका कोली घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेका थिए। सोही क्रममा बुधवार बिहान उनको शव भीटा भीरको तल सुर्नया नदी किनारमा फेला परेको...