दार्चुलामा तुइनबाट खसेर एकजना बेपत्ता: कहिलेसम्म यस्तो बेवास्ता?
दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङका नारायण बुढाथोकी आज मध्यान्ह तुइनबाट खसेर बेपत्ता भएका छन्। भारतीय बजार जाँदै गर्दा महाकाली नदीमाथिको तुइन अचानक चुडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिएका छन्। उनी बेपत्ता भएपछि तत्कालै खोजी कार्य थालिएको छ। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा बुढाथोकीको खोजीमा खटिएका...