संविधानमाथि प्रश्न: जुम्लामा खुला रूपमा जातीय विभेद
जुम्ला, १६ चैत । जुम्लाको सदरमुकाम खलङ्गास्थित कालेखोलीको एक होटलमा जातीय विभेदको गम्भीर घटना सार्वजनिक भएपछि जिल्लाभर आक्रोश चुलिएको छ। गुठिचौर गाउँपालिका–३ की कविता बुढाले सोही वडाका राजबहादुर सुनारमाथि सार्वजनिक स्थलमै अत्यन्तै निकृष्ट र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेकी हुन्। तातोपानी खान होटल पुगेका सुनारमाथि बुढाले ‘डुम’ भन्दै होच्याएको र जातीय घृणा फैलाएको भिडियो...