मालाखेती प्रहरीले सिङ–खुर दराजमा लुकाएर मुद्दा कमजोर बनाएको खुलासा
धनगढीः कैलालीको मालाखेती प्रहरीले सिङ र खुर दराजमा राखेर मुद्दा कमजोर बनाएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका–८ मा गत साउन ९ गते मध्यराति भएको एक घटनाले प्रहरी अनुसन्धान प्रक्रियामाथि गम्भीर कमजोरी गरेको हो। राति दुई भरुवा बन्दुकसहित चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए। उनीहरूसँग चित्तलको जस्तो देखिने सिङ र खुर समेत बरामद भएको...