कैलालीको खक्रौला सीमा नाकामा सशस्त्रका डिएसपी विष्ट र इन्स्पेक्टर पन्त खटाइए
धनगढीः कैलालीको टीकापुरस्थित खक्रौला सीमा सुरक्षा गुल्मभित्रै प्रवेश गरी भएको आक्रमण घटनापछि त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई छानबिनका लागि मुख्यालय बोलाइएको छ। गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहित ड्युटीमा रहेका सुरक्षाकर्मीलाई अनुसन्धानका लागि हलचोकस्थित मुख्यालय तानिएको हो। उक्त गुल्ममा कुल ३३ जना सशस्त्र प्रहरी कार्यरत रहेका थिए। सुदूरपश्चिमका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक...