तीन महिनापछि बल्यो सामागाउँमा बिजुली
गोरखा,५ फागुन । तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् । सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल्होसारमा बिजुली बत्ती बाल्न पाएपछि खुसी भएका छन् । मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ स्थित यी दुई गाउँमा हालसम्म...